0 COMMENTS

काठमाण्डाै८,बैशाख०७४/सिन्धुपाल्चोक जिल्लामा अवस्थित पहरी बस्ती निर्माणका लागि आर्थिक सहयोग गर्ने सहयोगीहरुलाई नायिका स्वेता खड्काले सम्मान प्रदान गरेकी छिन् ।पुतलीसडकमा रहेको ‘स्वेता श्री फाउन्डेशन’मा आयोजित एक कार्यक्रममा स्वेताले ६ जना सहयोगी दातालाई सम्मान गरेकी हुन् ।

सम्मानित हुनेमा, अमेरिकाबाट ३ लाख सहयोग गर्ने श्री पराजुली, एक लाख सहयोग गर्ने काभ्रेकी शान्ता डाँगी, पचाँस हजार सहयोग गर्ने सामाखुशीकी शान्ता बस्नेत, जापानमा रहेर पचाँस हजार सहयोग गर्ने आरोही सुवेदी, २५ हजार सहयोग गर्ने कोरियामा बस्दै आएका ब्रजेश श्रेष्ठ र श्वेताश्री फाउन्डेशनको कार्यालयका लागि एक थान कप्युटर सहयोग गर्ने केयर सोलुसनलाई उनले सम्मान गरेकी हुन् ।

आउँदाे दुई साता भित्र बस्तीको शिलन्यास हुने स्वेताको भनाई छ । उनले भनेकी छिन्-‘सहयोग गर्नेलाई पनि केही प्रमाण होस् र रकम पारदर्शी होस् भनेर सम्मान गरिएको हो । हामी सहयोग गर्ने हरेकलाई सम्मान गर्छौ ।’

पहरी बस्तीमा रहेका ६३ घर धुरीसहित बाल बगैचाँ, बाटो, बायो ग्याँस, चौतारा निर्माणका लागि ५ करोड ४२ लाख रकमको अनुमान गरिएको छ । सरकारले अनुदान दिने ३ लाख र बाँकी बस्ती बनाउन लाग्ने रकम स्वेता श्री फाउन्डेशनले जुटाउनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।