0 COMMENTS

नयाँ दिल्ली८, वैशाख ०७४/ भारतको पञ्जाब राज्यका मुख्यमन्त्री अमरेन्द्र सिंहले नेपाललाई विद्युत बिक्री गर्नका लागि केन्द्र सरकारसँग अनुमति मागेका छन् ।

नयाँ दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्दै मुख्यमन्त्री सिंहले पञ्जाबमा मागभन्दा बढी विद्युत उत्पादन भएको भन्दै उत्पादित विद्युत नेपाललाई बेच्नका लागि अनुमति मागेका हुन् ।

उनले पञ्जाबमा जारी आर्थिक संकट अन्त्यका लागि विद्युत बिक्री एउटा उपाय भएको पनि बताए । नेपालका अतिरिक्त पाकिस्तानलाई पनि विद्युत बिक्री गर्न सकिनेतर्फ उनले प्रधानमन्त्री मोदीको ध्यानकर्षण गराएका छन् ।

राज्य सरकारले केन्द्रीय उर्जा मन्त्रालयलाई विद्युत बिक्रीसम्बन्धी प्रस्ताव पेश गरिसकेको भन्दै उनले मोदीसमक्ष उर्जा मन्त्रालयमा विचाराधीन प्रस्ताव स्वीकृतिका लागि निर्देशन दिन माग गरेका छन् । (एजेन्सी)

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।