0 COMMENTS

काठमाडौं ७बैशाख०७४/ राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिने धम्किदिएपपछि निर्वाचन आयोगले सो पार्टीको विधान बिवाद हाललाई स्थगित गरेको छ । राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने पूर्व निर्णयबाट आयोग पछि हटेपछि राप्रपाले घोषित विरोधका कार्यक्रमहरु फिर्ता लिएको छ ।

निर्वाचन आयोगले राप्रपालाई यस सम्वन्धमा विहिवार औपचारिक पत्र लेख्दै विधान बिवाद हाललाई स्थगित गरेको जनाएको छ । “कार्य व्यस्तताका कारण यसको छिनोफानो गराउनलाई हाललाई यो स्थगित गरिएको छ भन्ने व्यहोराको पत्र पार्टीलाई प्रपाप्त भएको छ, ” सहप्रवक्ता मोहन श्रेष्ठले भने ।

निर्वाचन आयोगले चैतको पहिलो साता सो पार्टीको विधानबाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था भन्ने शव्द हटाएपछि राप्रपा र निर्वाचन आयोगबीच बिवाद हुँदै आएको थिायो । राप्रपाले चैत ७ गते देखी आयोगको निर्णय विरुद्ध आन्दोलन गर्दै आएको थियो ।

आयोगको सो निर्णय पछि भोलीका लागि घोषणा गरिएको आन्दोनका कार्यक्रम स्थगित गरेको छ । सो पार्टीले आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै सरकारबाट बाहिरने औपचारिक निर्णय गर्न शुक्रवार केन्द्रिय समिसतिको बेठक बोलाएको थियो ।

आयोगको यस्तो निर्णयपछि राप्रपाले संघर्षका कार्यक्रमहरु फिर्ता लिएको र अब चुनावमा केन्द्रित हुने बताएको छ । तर, चुनाव सकिएपछि फेरि यो विषयलाई अगाडि बढाइने राप्रपाले जनाएको छ ।

साथै सत्तापक्षमा रहेर राप्रपाले निर्वाचन आयोग विरुद्ध आन्दोलन गरेको भन्दै आयोगले जनाएको आपत्तिप्रति राप्रपाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । आफ्नो पार्टी सविधान, कानून र निर्वाचन आचार संहिताप्रति प्रतिवद्ध रहेको विज्ञप्तिमार्फत राप्रपाले स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।