0 COMMENTS

काठमाण्डाै,७बैशाख०७४/गोकर्णेश्वर न.पा. वडा नं. ५ स्थित, श्रीराम पौडेलको घरमा डेरा कोठा लिई जि. बारा निजगढ न.पा. ५, सडकटोल स्थायी वतन भएकी वर्ष २४ की अनुपा खतिवडालाई २०७४।०१।०६ गते अवैध रुपमा VOIP संचालन गरिरहेको अवस्थामा VOIP संचालनका लागी प्रयाेग हुने  उपकारणहरु सहित केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगंज बाट खटिएकाे टाेलीले पक्राउ गरी आवश्यक कानुनी प्रकृया अगाडीबढाईएको छ । पक्राउ प्रतिवादी उपर दूरसंचार ऐन, २०५३ अन्तर्गत सम्मानित जिल्ला अदालत काठमाण्डौंबाट दिन ५ को म्याद लिई अनुसन्धान कार्य भैरहेको छ  ।

अवैध VOIP बिरुद्द हालसम्म ९७ स्थानहरुमा भएको कारवाहीमा नेपाली ११३ र विदेशी ३१ गरी १४४ जनालाई पक्राउ गरिएको । पक्राउहरु बिरुद्द रु ११,६८,७०,८२,८७४।४४ को बिगो मागदाबी लिई सम्मानित अदालतमा मुद्दा दायर गरिएको । अवैध VOIP बिरुद्द गरीएको कारवाहीमा हालसम्म विभिन्न दुर संचार कम्पनीहरुका २२,३१७/- थान सिम कार्डहरु र VOIP मा प्रयोग हुने आधुनिक उपकरणहरु समेत बरामद गरीएको ।

अनुसन्धानको क्रममा प्राप्त हुन आएका तथ्यहरु:

 दुवईमा बस्ने आसिन भन्ने पाकिस्तानी नागरिकसंग दुवइमा काम गर्दा पक्राउ

प्रतिवादी अनुपा खतिवडाको सम्पर्क भएको ।

 अनुपा खतिवडा दुवइबाट फर्किसकेपछी पनि निरन्तर सम्पर्कमा रहेका निज आसिनले

हालसालै सामाजिक सञ्जाल Whatsapp मार्फत सम्पर्क गरी राम्रो आम्दानी हुने

काम छ र लगानी समेत दुवइबाट नै हुन्छ भनी अबैध V.O.I.P. सम्बन्धी काम गर्न

प्रस्ताव गरेको ।

 निज आसिनकै योजना अनुरुप नेपालबाट अबैध V.O.I.P. सञ्चालन गर्नको लागि ६४

पोर्टको GSM GATEWAY device थान-१ DHL मार्फत अनुपाले प्राप्त गर्ने गरी

आसिनले हङ्कङ्बाट पठाएको

 उक्त उपकरण प्राप्त भएपछी अनुपाले आफ्नो डेरा कोठामा इन्टरनेट सुविधा जडान

गरी अवैध VOIP संचालन गरेको ।

 आसिनको निर्देशन अनुसार अनुपाले आफूसंग भएको Laptop मा TeamViewer

software install गराए पछी सो laptop आसिनले दुवइबाटै सञ्चालन गर्ने गरेको ।प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो,महाराजगंज, काठमाडौं

बरामद भएका उपकरणहरु

 ६४ पोर्टको GSM GATEWAY device थान-१

 T.P. Link राउटर थान – १

 H.P. कम्पनीको ल्यापटप चार्जर

सहित थान – १

 कलर्स मोबाईल थान – २

 8 GB को Pen Drive थान – १

 Sony Xperia मोवाइल थान-१

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।