0 COMMENTS

काठमाडौं ७ बैशाख०७४/ नेपाल विधुत्त प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङले आफू स्थानीय निकायको निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रले काठमाडौंको मेयरमा उठाउने चर्चा चुलिएका बेला घिसिङले आफू मेयरको लागि उम्मेदवार नहुने स्पष्ट पारेका हुन् ।

फेसबुकमा स्टाटस लेख्दै कुलमानले आफूलाई अहिले मेयरको भन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो हुने बताएका छन् । उनले लेखेका छन्–‘मेरो लागि मेयरको जिम्मेवारीभन्दा ऊर्जा क्षेत्रको जिम्मेवारी ठूलो छ । म कहिँ कतै बिचलित हुने छैन ।’

माओवादी केन्द्रका केही नेताहरुले लोडसेडिङ हटाएर लाकप्रियता कामएका कुलमानलाई काठमाडौंको मेयर बनाउनुपर्ने मत राख्दै आएका छन् । त्यसैका आधारमा विभिन्न सञ्चारमाध्यमले कुलमान काठमाडौंको मेयरको दावेदार हुने समाचार सम्प्रेशित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।