0 COMMENTS

काठमाडौं ७ बैशाख२०७४/ सरकारले धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको महोत्तरी जिल्लाको एकीकृत वस्तीको रजिष्टेसन वापत लाग्ने शुल्क छुट दिने भएको छ ।
बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले महोत्तरी जिल्लाको बर्र्दिवास नगरपालिका स्थित मुसहर बस्तीमा घर निर्माण गरी हस्तान्तरण गर्ने समयमा लिखित पास गर्दा लाग्ने रजिष्ट्रेशन दस्तुर छुट दिने निर्णय गरेको हो ।धुर्मुस-सुन्तली फाउण्डेसनले बैशाख १ गते बस्ती हस्तान्तरण गरिसकेको छ ।

बैठकले बीपी कोइरालाको जन्मस्थान सिन्धुलीको दुम्जामा संग्रहालय तथा पार्क र पुष्पलाल श्रेष्ठको जन्मस्थान रामेछापमा पार्क निर्माण सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन तयार पार्नका लागि ५०-५० लाख उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

नेपाली सेनाका गौरव कुमार केसीलाई महासेनानीमा पदोन्नती गर्नुको साथै प्रधानसेनापती राजेन्द्र क्षेत्रीको अमेरिका भ्रमण पनि मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ ।

बैठकले नेपाल वायु सेवा निगमको नयाँ वाईड बडी जहाज खरिद गर्नका लागि सरकार जमानी बस्ने निर्णय पनि गरेको छ । वायु सेवा निगमले नेपाल कर्मचारी सञ्चय कोषसँग लिन लागेको ऋणमा सरकार जमानी बस्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।