0 COMMENTS

काठमाडौँ६,बैशाख २०७४/ स्वास्थ्य जाँचका क्रममा विद्यार्थीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका डा. प्रशान्त भट्ट धरौटीमा छुटेका छन्। गत बिहीबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले उनलाई १० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो।

सिनामंगलस्थित स्पेक मेडिकल सेन्टरमा काम गर्ने डा. भट्टलाई प्रहरीले गत चैत १३ गते पक्राउ गरेको थियो। उनीविरुद्ध प्रहरीले सार्वजनिक अपराध मुद्दा चलाएकोमा प्रशासन कार्यालयले धरौटीमा छाड्ने आदेश दिएको महानगरीय प्रहरी परिसर काठमाडौँका डिएसपी रविन्द्र रेग्मीले बताए।

ललितपुरको एक कलेजका १९ छात्राले उनीविरुद्ध उजुरी दिएका थिए। अध्ययनका लागि विदेश जानुअघि उनीहरु आफ्नो स्वास्थ्य परीक्षण गर्न उक्त मेडिकल सेन्टर गएका थिए। स्वास्थ्य परीक्षणका क्रममा कोठामा एक्लाएक्लै राखी स्वास्थ्य जाँचका नाममा दुव्र्यवहार गरेको पीडित छात्राहरुको उजुरीपछि गौशला प्रहरीले उनलाई पक्राउ गरेको थियो। थप छानबिन गरी महानगरीय प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध मुद्दा दायर गरेको थियो।

डा. भट्टले भने विस्तृत स्वास्थ्य परीक्षणमा युवतीहरुको स्तनमा गिर्खा भए/नभएको समेत हेर्नुपर्ने भएकाले स्तन परीक्षण गर्दा आफूमाथि दुव्र्यवहारको आरोप लगाइएको वयान दिएका थिए। स्वास्थ्य परीक्षणको विधिअनुसार नै आफूले जाँच गरेको उनको दाबी थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।