0 COMMENTS

वैतडी,६ वैशाख०७४/चितुवाको छालासहित बैतडीको पाटनबाट आज एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा शिवनाथ गाउँपालिका–६ का महेशसिंह सुतार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

सुतारसँग रहेको चितुवाको छाला पाँच फिट ९ इन्च लम्बाइ र २ फिट चौडाइ रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक हरिओम खड्काले बताए। पक्राउ परेका सुतारलाई आजै जिल्ला वन कार्यालयको जिम्मा लगाइएको छ।सुतारलाई वन ऐन २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ (परिमार्जित २०७३) अनुसार २० हजारभन्दा माथि जरिवाना र छ महिना कैद हुने जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत रामप्रसाद चौधरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।