0 COMMENTS

काठमाडौं,६ वैशाख ०७४ /धनगढी प्रिमियर लिग (डीपीएल) अन्तर्गत प्ले अफको खेलमा काठमाडौं गोल्डेन्सलाई ६ विकेटले हराउँदै टिम चौराह सेमिफाइनलमा प्रवेश गरेको छ। एसएसपी कार्यालय क्रिकेट मैदान धनगढीमा बुधबार दिउँसो भएको खेलमा टस जितेर पहिला व्याटिङ गर्दै काठमाडौं गोल्डेन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २३ रन बनाएको थियो ।
१२४ रनको जवाफी ब्याटिङ गरेको टिम चौराह धनगढीले १८.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो। अब टिम चौराहले बिहीबार हुने इलिमिनेटरमा रुपन्देही च्यालेन्जर्ससँग फाइनल प्रवेशका लागि भिड्ने छ।यसअघि आजै भएको पहिलो खेलमा विराटनगरले रुपन्देही च्यालेन्जर्सलाई हराएर फाइनल प्रवेश गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।