0 COMMENTS

काठमाडौं ६बैशाख०७४/ शरद भेषावकरको टिम विराटनगर किंग्स धनगढीमा जारी सर्वाधिक पुरस्कार राशिको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो प्ले अफमा शक्ति गौचनको टोली रुपन्देही च्यालेञ्जर्सलाई २९ रनले पराजित गर्दै विराटनगर फाइनलमा पुगेको हो ।

अञ्चल प्रहरी कार्यालयको मैदानमा विराटनगरले दिएको १२९ रनको लक्ष्य पछ्याएको रुपन्देहीले निर्धारित २० ओभरमा अलआउट हुँदै ९९ रनमात्र बनाउन सक्यो । रुपन्देहीका लागि विक्रम सोबले २३ तथा पुष्प थापाले २२ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । विराटनगरका लागि सुशील कँडेल ३ तथा सन्दिप लामिछानेले २ विकेट लिए ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

विराटनगरको लागि आसिफ शेखले ३६ तथा कप्तान शरद भेषावकरले २४ रन बनाए । त्यस्तै, पवन सराफले १५, दिपेन्द्रसिह ऐरीले १३ तथा अमित श्रेष्ठले १० रन जोडे । रुपन्देहीका लागि कप्तान शक्ति गौचनले ३ तथा दिपेश श्रेष्ठले २ विकेट लिए ।

जितसँगै विराटनगर फाइनलमा पुगेको छ भने रुपन्देहीले एलिमिनेटरको विजेतासँग पुनः फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्स खेल्नेछ । पहिलो एलिमिनेटरमा काठमाडौं गोल्डेन्स र टिम चौराहा आजै भिड्नेछन् । यस एलिमिनेटरमा विजयी हुने टोलीले फाइनल प्रवेशका लागि रुपन्देहीसँग खेल्ने छ ।

धनगढी क्रिकेट एकेडेमी र सुदूरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनमा आगामी वैशाख ९ गतेसम्म चल्ने डीपीएल क्रिकेटमा रुपन्देही शिर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको थियो । यस चौथो संस्करणको विजेताले ट्रफी तथा १५ लाख नगद पाउनेछ । त्यस्तै उप–विजेताले भने ७ लाख पाउनेछ । प्रतियोगिताको म्यान अफ द सिरिजले मोटरसाइकल पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।