0 COMMENTS

पोखरा, ६ वैशाख०७४/आसन्न स्थानीय तहको निर्वाचनमा आइपर्ने चुनौती र सुरक्षा निकायको काम कर्तव्य र दायित्वबारे रणनीतिक योजना बनाउने उद्देश्यले आज यहाँ पश्चिमाञ्चलस्तरीय क्षेत्रीय सुरक्षा गोष्ठी आयोजना गरिएको छ ।

गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले एकदिने गोष्ठीको शुभारम्भ गर्दै वैशाख ३१ गते देशैभरि हुनलागेको स्थानीय तह निर्वाचन एक स्वर्णिम अवसर भएकाले यसलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरे । गृहसचिव रेग्मीले निर्वाचनमा आवश्यक सुरक्षा प्रबन्ध प्रदान गरी जनताको विश्वास जित्दै सरकारको भरोसा पूरा गर्नुपर्नेमा जोड दिए ।

गृह मन्त्रालय, सुरक्षा समन्वय महाशाखाका प्रमुख बालकृष्ण पन्थीले यस क्षेत्रका १६ जिल्लाका कुनै मतदान केन्द्रलाई संवेदनशील स्थितिको अवस्थामा नराखिएको जानकारी दिँदै एक मतदान केन्द्रमा खटिएका सुरक्षाकर्मीले जिम्मेवारीका साथ आफनो दायित्व पूरा गरिदिए सिङ्गै देशकै निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरे ।

कास्कीका प्रजिअ हरिप्रसाद मैनालीले निर्वाचन सम्पन्न गर्न जिल्लाका सुरक्षा निकाय क्रियाशील भएर अघि बढेको धारणा राख्नुभयो । एकदिने सो गोष्ठीमा पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटै जिल्लाका प्रजिअ, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।