0 COMMENTS

अस्ट्रेलिया,६बैशाख२०७४/ अस्ट्रेलियाले अध्यागमन विभागमा कडाइ गर्ने भएको छ । यसअघि विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाई त्यसको बदला दुई किसिमका भिसा प्रणाली लागू गर्ने सरकारको योजना छ । अस्ट्रेलियका प्रधानमन्त्रीले विदेशी कामदारलाई दिदै आएको भिसा ‘४५७’ पूर्ण रुपमा हटाउने घोषणा गरिसकेका छन् ।

भिसा नियम ‘४५७’ अनुसार अस्ट्रेलियामा विदेशी कामदारले यहाँको नागरिकसरह काम गर्ने अधिकार पाउँदै आएका थिए । श्रममा स्वदेशी नागरिकलाई प्राथमिकता दिने भन्दै यस्तो भिसा नियम पूरै हटाउन लागिएको हो ।

यो नियमले नेपालीहरु समेत प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । अहिले पनि बार्षिक सयौंको संख्यामा नेपालीहरु यही भिषा अन्तरगत आइरहेको भएपनि अष्ट्रेलिया सरकारको यो निर्णयपछि नेपालीहरु पूर्ण प्रभावित हुनेछन् ।आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।