0 COMMENTS

 काठमाडौं५बैशाख,०७४/राष्ट्रिय खेलकुद परिषद्ले अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक बिजेता नेपाली खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग माग गरेको छ ।

परिषद्का पदाधिकारीहरुले मंगलबार स्वास्थ्य मन्त्री गगन थापासँग भेट गरी अन्तराष्ट्रिय स्तरमा स्वर्ण पदक विजेता खेलाडीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन माग गरेका हुन् ।

नेपालमा दक्षिण एशियाली खेलकुदमा स्वर्ण पदक विजेता एक सय २ जना र एशियन खेलकुदमा पदक विजेता खेलाडीहरुको संख्या ८ जना रहेका छन ।

दुवै समूहका एक सय १० जना खेलाडीलाई निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गर्न परिषदले मन्त्री थापालाई पुन ध्यानाकर्षण गराएको हो ।त्यस अवसरमा मन्त्री थापाले खेलाडीहरुलाई सुविधा उपलब्ध गराउन आफू तयार रहेको बताए । परिषदले खेलाडीहरुको प्रोत्साहनवापत सरकारले रकम दिँदै आएकोमा पनि आभार व्यक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।