काठमाण्डाै५बैशाख०७४/ रिपोटर्स क्लव दाङले मंगलवार दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा राप्रपाका अध्यक्ष एवं उप–प्रधानमन्त्री कमल थापाले निर्वाचन आयोगले राप्रपाको विधानवाट हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको व्यवस्था हटाउने निर्णय गर्नुलाई अराजनैतिक र असंवैधानिक कार्य भनि विरोध गरेका हुन ।
उनले भनेका थिए‘हामी निर्वाचन आयोगको एक पक्षिय निर्णय कुनैपनि हालतमा स्वीकार्ने पक्षमा छैनौं । त्यो निर्णय पुर्नंविचार नभएर जस्तो सुकै कठोर निर्णयगर्न बाध्य हुनेछौं।’ उप–प्रधानमन्त्री थापाले आँफुहरुको माग सम्वोधन भएको खण्डमा आँफुहरु सरकार र निर्वाचन दुबैमा सहभागि नहुने शंकेत गरेका थिए । थापाले निर्वाचन आयोगलाई आफ्नो निर्णय पुर्नंविचार गर्न आग्रह गरेका छन् ।
उक्त कार्यक्रमका थापाले कुनैपनि पार्टीको विचारलाई निषेध गर्न नहुने धारणा राखेका उनले त्यसले पार्टीको सिद्धान्त र विचार समाप्त हुने धारणा राखेका थिए । ‘धेरै कम्यूनिष्ट पार्टीले अहिले पनि साम्यवाद, जनवाद, जनगणतन्त्र जस्ता मान्यता बोकेका छन् के यि मान्यता संविधान अनुकल छन् ।’
थापाले चेतावनीको शैलिमा भनेका थिए ‘एमाले र मधेसी मोर्चालाई जस्तै गरि राप्रपालाई पनि आन्दोलनमा धकेल्ने खेल भए त्यसले निर्वाचनको माहोल थप धमिल्याउने छ ।’ तर उनले राप्रपा मन, वचन र कर्मले निर्वाचनको पक्षमा प्रतिवद्ध रहेको भन्दै घोषित मिति मै निर्वाचन हुनेमा आशंका व्यक्त नगर्न आग्रह पनि गरेका थिए ।
उनले मधेसी मोर्चापनि निर्वाचनमा आउने वातावरण सुनिश्चित हुन्छ भने निर्वाचनको मिति केही सार्दैमा वा दुई चरणमा निर्वाचन गर्दैमा कुनै फरक नपर्ने धारणापनि व्यक्त गरेका थिए ।