0 COMMENTS

भक्तपुर, ५ बैशाख, २०७४/ भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटारमा खानेपानीट्यांकीका लागि डिप बोरिङ गर्दा ग्यास निस्केर आगोलागी भएको छ ।

मंगलबार बिहान साढे १० बजेदेखि भएको आगोलागी दिउँसोसम्म नियन्त्रणमा आउन सकेको छैन ।काठमाडौं, भक्तपुर र ललितपुरका दमकलले पानी तथा रसायन प्रयोग गरेर निरन्तर प्रयास गरेपनि आगो नियन्त्रण गर्न नसकिएको जुद्ध वारूण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईले जानकारी दिए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी टोली र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास जारी राखेका छन् । आगोको मुस्लो बढ्दै गएपछि आसपासका घरमा जोखिम बढेको छ ।पानी तान्ने उपकरणले १८० फिट गहिरोमा पाइप पठाएपछि आगो निस्केको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।