0 COMMENTS

काठमाडौँ, ४ वैशाख०७४ / निर्वाचन आयोगले उपप्रधानमन्त्री विमलेन्द्र निधिले सोमबार निर्वाचनसम्बन्धी तयारी पर्याप्त नभएको भनी गर्नुभएको ट्वीटले निर्वाचन आयोगको कामकारबाहीप्रति जनमानसमा द्विविधा उत्पन्न भएको जनाएको छ ।

आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले आज प्रेस विज्ञप्ति जारी गरी निर्वाचनमा शान्तिसुरक्षा कायम गर्ने गराउने दायित्व र जिम्मेवारी सरकारको भएको र सो सम्बन्धमा सरकारबाट आयोगलाई पटक पटक आश्वस्त पारेको व्यहोरासमेत स्मरण गराउनुभएको छ ।

स्थानीय तहको निर्वाचन एकै चरणमा सम्पन्न गर्न गराउन आयोग पूर्ण रुपमा प्रतिबद्ध रहेको र सोहीअनुसार तयारीसमेत गरिरहेको उल्लेख गर्दै विज्ञप्तिम स्थानीय तहको निर्वाचन पूर्वनिर्धारित समयमै सम्पन्न गराउनेमा विश्वस्त रहन सबैलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।