0 COMMENTS

काठमाडौँ, ४ वैशाख ०७४/ भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणका लागि सोमबार नयाँदिल्लीतर्फ प्रस्थान गरेकी छिन् ।

राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् संवैधानिक निकायका प्रमुखलगायतले बिदाइ गरे । राष्ट्रपतिको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद, राष्ट्रपति कार्यालयका विज्ञ सल्लाहकार, परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारीलगायतको सहभागिता रहेको छ । राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएकोे थियो । सो राजकीय भ्रमणको पहिलो दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

यस्तो छ भ्रमण तालिका
सोमबार १२:४५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण
मंगलबार
९:०० बजे- औपचारिक स्वागतराष्ट्रपति भवन
९:३० बजे- महात्मा गान्धीको समाधिस्थल राजघाटमा माल्यार्पण
११:३० बजे – भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता राष्ट्रपति भवन
१२: १५ बजे- गृहमन्त्री राजनाथ सिंहसँग भेटवार्ता राष्ट्रपति भवन
१५:४५ बजे- वित्तमन्त्री अरुण जेट्लीसँग भेटवार्ता राष्ट्रपति भवन
१६:३० बजे – प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता राष्ट्रपति भवन
१७:३० बजे – उपराष्ट्रपति मोहम्मद हामिद अन्सारीसँग भेटवार्ता राष्ट्रपति भवन
१९:३० बजे – भारतीय समकक्षी प्रणव मुखर्जीसँग शिष्टाचार भेटवार्ता, राष्ट्रपति भवन

बुधबार
१०:०० बजे- गुजरात प्रस्थान, गुजरातमा आयोजना हुने कार्यक्रममा सहभागी
१२:४५ बजे- सोमनाथका लागि प्रस्थान, त्यहाँ आयोजना हुने कार्यक्रममा सहभागी
१४: ४५ बजे- द्वारका प्रस्थान, त्यहाँ आयोजना हुने कार्यक्रममा सहभागी
१७:३० बजे- राजकोट गुजरात प्रस्थान बिहीबार
१०:३० बजे- भुवनेश्वर प्रस्थान, त्यहाँ हुने कार्यक्रममा सहभागी शुक्रबार
९:०० बजे -उडिसाका लागि प्रस्थान, पुरीमा हुने कार्यक्रममा सहभागी
१४:३० बजे- नयाँ दिल्ली फिर्ता
१७:३० बजे- काठमाडौंका लागि नयाँ दिल्लीबाट प्रस्थान

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।