0 COMMENTS

काठमाडौं४ वैशाख०७४/ काठमाडौं उपत्यकालार्य ‘हर्न निषेधित क्षेत्र’ बनाउने अभियान सुरु गरेको ट्राफिक प्रहरीले अब जथाभावी बाटो काट्ने पैदलयात्रुलाई पनि कारबाही गर्ने तयारी गरेको छ ।

आजको नयाँ पत्रिकामा खबर छ– महानगरीय ट्राफिक प्रहरी महाशाखाले वैशाखको अन्तिमदेखि यो नियम लागू गर्न लागेको हो । नियम उल्लंघन गर्ने पैदलयात्रुलार्य पनि कारबाही गर्ने तयारी भइरहेको महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए । नियम लागू गर्ने तयारी अन्तिम चरणमा रहेको जनाउँदै उनले वैशाख मसान्तदेखि कार्यान्वयनमा आउन सक्ने बताए ।

उल्लंघन गर्नेलाई दुई सय जरिवाना
नयाँ नियम लागू भएपछि पैदलयात्रुले जेब्राक्रस, ओभरहेड तथा तोकिएको बाटोबाट मात्रै हिँड्नुपर्नेछ । नियम उल्लंघन गर्ने पैदलयात्रुलाई दुई सय रुपैयाँ जरिवाना गरिने महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले बताए । ‘पैसा नभएको खण्डमा पनि उल्लंघनकर्ताले छुट पाउने छैनन्,’ उनले भने, ‘उनीहरुले त्यसको साटो रातभरि प्रहरी कठघरामा बस्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।