0 COMMENTS

काठमाडौं, ४ वैशाख२०७४ /काठमाडौंको रानीबारीस्थित नेपाल प्रहरी स्कुलका छात्र कुन्दन थापाको मृत्युको कारण आत्महत्या भएको प्रहरीको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

विद्यालयभित्रै थापा मृत भेटिएपछि घटनाबारे छानविन गर्न गठित छानविन समितिले ‘आत्महत्या’ गरेको निष्कर्ष निकालेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।करिव दुई साताअघि १४ वर्षीय कुन्दनको स्कुलकै तेस्रो तलाबाट हाम फालेर मृत्यु भएको थियो ।

मृतकका आफन्तले कुन्दनले आत्महत्या गरेको नभईँ उनको हत्या भएको दाबी गरेपछि घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।समितिले आइतबार महानगरीय प्रहरी प्रमुख डीआईजी बम बहादुर भण्डारीलाई छानविन प्रतिवेदन बुझाएको छ ।

प्रतिबेदनमा कुन्दनको हत्या नभईँ उनले आत्महत्या गरेको उल्लेख छ । ‘प्राविधिकरुपमा सम्पूर्ण अध्ययन गर्दा कुन्दनको हत्या भएको देखिदैन । उनले आत्महत्या नै गरेका हुन्’, संयोजक ज्ञवालीले भने ।उनले छानविनका क्रममा ४५ जनासँग कुरा गरिएको बताए । प्रशासकीय कमजोरीका कारण विद्यलालयका वार्डेन प्रहरी निरीक्षक शर्मिला गुरुङलाई विभागीय कारबाहीको सिफारिस समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।