0 COMMENTS

काठमाडौं, ३वैशाख०७४/ ललितपुर तैखेलस्थित जीवनशैली सुधार केन्द्रमा राखिएका एक व्यक्तिको मृत्यु भएको छ ।

१७ दिनदेखि सुधार केन्द्रमा राखिएका ३३ वर्षीय पदमबहादुर पौडेलको शनिबार मृत्यु भएको खबर सुधारगृहले गरेको आफन्तले बताएका छन् ।अघिल्लो दिनसम्म सामान्य अवस्थामा रहेका व्यक्तिको भोलिपल्ट मृत्यु भएपछि आफन्तले हत्या भएको आरोप लगाएका छन् ।

शवको पोस्टमोर्टमकाक्रममा टाउकोमा गम्भीर चोट रहेको देखिएको भन्दै आफन्तले पौडेलको हत्या नै भएको दाबी गरेका हुन् ।मृतकको टाउकोमा गम्भीर चोट लाग्नुका साथै शरीरका विभिन्न भागमा नीलडाम र चोट लागेको पाइएको पनि आफन्तले दाबी गरेका छन् ।

मृतकका दाइ हेमबहादुर पौडेलले भाइको हत्या नै भएको दाबी गर्दै घटनाको छानबिन गरी उचित क्षतिपूर्तिको माग गरेका छन् ।घटनाकोबारेमा सातदोबाटो प्रहरी वृत्तमा जाहेरी दरखास्त परेको र पोस्टमार्टमका लागि टिचिङ अस्पतालमा शव पठाइएको वृत्तका प्रहरी निरीक्षक श्यामयल सुब्बाले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।