0 COMMENTS

धनुषा,३ वैशाख ०७४/ छोराको हत्या गरेको आरोपमा बाबुआमा पक्राउ परेका छन् ।जनकपुर उपमहानगरपालिका–१४ मुजेलियाका ४० वर्षीय श्रीप्रसाद राउत र उनकी कान्छी श्रीमती २२ वर्षीया रीनादेवी राउतले ६ वर्षीय छोरा ‘कृष’ भनिने केशव राउतको हत्या गरेको आरोपमा प्रहरीले शनिबार पक्राउ गरेको हो ।

छोराको हत्या गरी शवलाई सेफ्टीट्यांकीमा फालेर छोरा हराएको भन्दै रीनादेवीले शनिबार नै वडा प्रहरी कार्यालय मुजेलियमा उजुरी दिएकी थिइन् ।

बालकको शव भेटेलगत्तै प्रहरीले बालकका बाबु र सौतेनी आमालाई पक्राउ गरेको हो ।बालकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र दुबैजनालाई जिल्ला अदालतबाट म्याद थप गराइ कर्तव्य ज्यान मुद्दाअन्तर्गत् कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।