0 COMMENTS

काठमाण्डाै ३, वैशाख २०७४/ राष्ट्रपति विद्यादेवी भण्डारी पाँच दिने राजकिय भ्रमणको लागि सोमबार छिमेकी भारत प्रस्थान गर्ने भएकी छन् । सरकारले उनको भारत भ्रमण राजकिय भएको भन्दै प्रस्थान गर्ने र फर्कने दुवै दिन सार्वजनिक बिदा दिने गृहको प्रस्ताव मन्त्रिपरिषदले स्वीकृत गरेको छ । राजा/महाराजाहरु यसरी राजकीय र औपचारिक विदेश भ्रमणमा जाँदा/आउँदा दिने प्रचलन थियो । त्यही विरासत कायम गर्दै यस्तो विदा दिने प्रचलनलाई गणतन्त्रपछि पनि निरन्तरता दिइएको छ ।

सार्वजनिक बिदाबारे गृहमन्त्रालयले जारी गरेकाे बिज्ञप्ती ।

‘जाने र आउने दुवै दिन विदा दिने प्रस्ताव आएको थियो । जुन पारित भएको छ,’ सहकारी तथा गरिबी निवारण मन्त्री हयराम थानीले भने यसअघि राष्ट्रपति भण्डारीले आफू भारत भ्रमणमा जाँदा सरकारी विदा दिन नहुने आफ्ना निकटस्थलाई बताउदै आएकी बताइएको भए पनि अन्तत सरकारको निर्णयलाई स्वीकार गरेकी छन् । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन । उनी शुक्रबार स्वदेश फर्कदै छिन् ।

राष्ट्रपति भएपछि पहिलो पटक विदेश भ्रमण र उक्त भ्रमण राजकिय रहेकोले सरकारी विदा दिइएको मन्त्रिपरिषद सदस्यहरुको तर्क छ । सरकारले गणतन्त्र पछिका राष्ट्रपति डा. रामबरण यादवको पहिलो राजकीय भ्रमणमा पनि सार्वजनिक बिदा दिइएको थियो । तत्कालिन राष्ट्रपति यादबले पछिल्लो औपचारिक भ्रमणमा भने बिदा नदिन र सडक खुला नगर्न आग्रह गरेका थिए । भारतको राजकीय भ्रमणपछिका भारतकै दूई औपचारिक, कतार र छिमेकी चीनको लगातार औपचारिक भ्रमणमा भने बिदा दिइएको थिएन । राजसंस्था रहदा राष्ट्रप्रमुखको राजकीय र औपचारिक दुवै विदेश भ्रमणमा बिदा दिइने गरिन्थ्यो ।

राष्ट्रपतिको भारत भ्रमण गत बर्ष नै तय भएको थियो । गत बर्ष बैशाख २७ गते भारत भ्रमणमा जाने तयारी पुरा भइसकेको भएपनि सरकार परिवर्तनको संघारमा भन्दै केपी ओली नेतृत्व तत्कालिन सरकारले उनको भारत भ्रमण एक तर्फी रुपमा रद्द गर्दै भारतसँग असन्तुष्टि समेत राखेको थियो । त्यही रोकिएको भ्रमण एक बर्षपछि अहिले हुन लागेको हो । गत चैत ३१ गते भ्रमणको कार्यक्रम भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।