0 COMMENTS

काठमाडौ, ३ वैशाख२०७४/कांग्रेसले मधेसी मोर्चालाई सहमतिमा ल्याएर दुई चरणमा स्थानीय तहको निर्वाचनमा जानुपर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार बसेको शीर्ष नेतासहित प्रदेश नम्बर २ का जिल्ला सभापति, सांसद र केन्द्रीय सदस्यहरूको संयुक्त बैठकले वैशाख ३१ का लागि तय चुनाव स्थगन नगरी प्रदेश नम्बर २ र ५ मा दोस्रो चरणमा चुनाव गर्ने निष्कर्ष निकालेको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘मधेसी मोर्चासँग वार्ता गरेर दोस्रो चरणमा मधेसमा चुनाव गर्ने गरी दुई चरणमा स्थानीय तहको चुनाव गर्ने वातावरण बनाउने निष्कर्ष बैठकले निकालेको छु, बैठकमा सहभागी केन्द्रीय सदस्य महेन्द्र यादवले भन्नुभयो, ‘त्यसका लागि कांग्रेस नेतृत्वले मोर्चासँग वार्ता गरेर सहमतिमा ल्याउन पहल गर्ने सहमति भएको छ ।’

यसअघि कांग्रेसका मधेसी सांसद र केन्द्रीय सदस्यले नै मधेसमा दोस्रो चरणमा चुनाव गर्न नहुने धारणा व्यक्त गर्दै आएका थिए ।

मधेसी मोर्चाले सरकारले संसद्मा पेस गरेको पाँचबुँदे संविधान संशोधन प्रस्तावप्रति असहमति जनाउँदै चुनाव बहिष्कार गर्ने निर्णय गरेपछि कांग्रेस लचिलो भएको हो ।

बैठकले मधेसी मोर्चालाई सहमतिमा ल्याउन तत्काल वार्ताको पहल गर्ने निर्णय गरेको छ । बैठकमा सभापति शेरबहादुर देउवाले मधेसप्रति आफू संवेदनशील भएको बताउँदै मधेसी मोर्चासँग तत्काल वार्ताको पहल गरी समस्या समाधान गर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।