0 COMMENTS

काठमाडौं,२ बैशाख २०७४/नयाँ शक्ति पार्टी नेपालका संयोजक डा.बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई  पञ्चायत व्युताउन लागेको भन्दै गम्भीर आरोप लगाएका छन् । नयाँ शक्तिसहितका ६८ दलको आज अनसन कार्यक्रम उद्घाटन गर्दै उनले प्रचण्डलाई  साे आरोप लगाएका हुन् ।

उनले प्रचण्ड पहिलेका पञ्चायतका हिमायती तथा अहिलेका उपप्रधानमन्त्री कमल थापासंग मिलेर पञ्चायत व्युताउन लागिरहेको बताए । जनताले पञ्चायती व्यवस्थाबाट पाएको अधिकार प्रचण्डले फेरि नयाँ ढंगको पञ्चायत लाद्न खोजेको बताए ।

प्रचण्डको यो योजनालाई नै असफल बनाउन आफूहरु लागेको उनको भनाई थियो । उनले यसअघिको जनताको आन्दोलनमा लाठी बर्साउने कमल थापा सरकारमा सामेल भएको र उनले पुरानै बाटोलाई अंगाल्दै गएको आरोप लगाए ।

प्रचण्ड सरकारले लडेर ल्याएको बहुदलीय प्रजातन्त्र खोस्ने र दलीय पहिचान अन्त गर्ने तथा निर्वाचनमा चुनाव चिन्हसहित जाने संविधानले दिएको अधिकार खोस्ने दुस्साहस गरिरहेको उनको आरोप छ ।

यही बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा सहभागी हुनका लागि दलीय चुनाव चिन्हको माग गर्दै ६८ दलले संयुक्त संघर्ष जारी राखेका छन् । दलीय चुनाव चिन्हबाट बञ्चित भएको दलहरुले सुरु गरेको रिले अनसन बैशाख ८ गतेसम्म रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।