0 COMMENTS

३१ चैत ,लण्डन/एजेन्सी। बेलायती अखबार डेली मेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई गलत आरोप लगाएबापत माफी माग्नुका साथै हर्जाना समेत तिरेको छ । मेलानिया ट्रम्पले डेली मेलको माफीलाई स्वीकार गरेकी छन् । डेली मेलले मेलानियाको मोडलिङ करियरका बारेमा लेख छापेको थियो । अखबारको सो लेखमा मेलानिया एक समयकी ‘एस्कार्ट’ अर्थात सेक्स वर्करका रुपमा काम गर्थिन् भन्ने उल्लेख थियो र अहिले सो लेखलाई हटाएको छ । यो रिपोर्ट गत वर्ष अमेरिकी राष्ट्रपति निर्वाचनका प्रचारका क्रममा छापिएको थियो ।
लण्डनको उच्च अदालतमा सुनुवाईका क्रममा मेलानियाले अखबारले मागेको माफी र हर्जाना समेत स्वीकार गरिन् । मेलानियाले फेब्रुअरीमा डेली मेलविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् ।

यसमा १५ करोड डलर हर्जाना मागिएको थियो । अहिले ३० लाख डलरभन्दा कममा मुद्दा मिलेको बताइएको छ । ४६ वर्षीय मेलानिया ट्रम्प स्लोभेनियामा जन्मिएकी थिइन् र १९९० मा एक मोडलका रुपमा काम गर्नका लागि अमेरिका गएकी थिइन् । उनले सन २००५ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी हुन् । राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।