0 COMMENTS

काठमाडौं३१ चैत०७३/ मधेसी मोर्चामा आवद्ध ७ मधेसवादी घटकमध्ये ६ दलबीच एकता हुने भएको छ । तमलोपा, सद्भावना पार्टी, रामसपा, तमसपा, फोरम गणतान्त्रिक, नेपाल सद्धावना पार्टीबीच सम्भवत वैशाखभित्रै एकता हुनेछ ।

पार्टीको नाम, चुनाव चिन्ह, झन्डा, नेतृत्वको वरीयता, एकीकृत पार्टीको विधान र दस्तावेजबारे छलफल तिव्र भएको छ। संघीय समाजवादी फोरम भने एकता प्रक्रियामा सामेल नहुने भएको छ ।पार्टी एकताका लागि शीर्ष नेताहरूको समन्वयमा दोस्रो तहका नेताहरूसँग छलफल अघि बढाइएको तमलोपा अध्यक्ष महन्त ठाकुरले जानकारी दिए । कान्तिपुर दैनिकमा बसन्त बस्नेतले खबर लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।