0 COMMENTS

काभ्रे३०चैत ०७३/ काभ्रेको रोसी गाउँपालिका वडा नम्बर–११ को भीमखोरी पिप्लेअन्तर्गत सिन्धुली–बर्दिबास(वीपी) राजमार्गमा चारवटा सवारी साधन ठोक्किएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमध्ये ओखलढुंगा काग्रेश्वरीका मीनबहादुर पौडेलको मात्र सनाखत भएको छ ।

काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा ४ ख ६०३ नम्बरको बसले विपरित दिशाबाट आउँदै गरेको बा ४७ प ६७५३ नम्बरको मोटरसाइकल, ना १ ज ४६९५ नम्बरको सुमो र ना १ ज ६५६६ नम्बरको अर्को सुमोलाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।दुर्घटनामा दर्जनौ घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।