0 COMMENTS

पर्सा,३० चैत०७३/ वीरगन्जको आदर्शनगरस्थित स्टिल उद्योगमा आगलागी हुँदा करोडौँको क्षति पुगेको छ ।

वीरगन्ज उपमहानगरपालिकाको वडा नं १० आदर्शनगरस्थित शिवम् स्टिल उद्योग प्रालिमा आज अपराह्न आगलागी हुँदा करोडौँको धनमाल जलेर नष्ट भएको हो ।अपराह्न ३ः३० बजेबाट सुरु भएको आगलागी बेलुका ६ः३० बजेसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगलागीलाई वीरगन्ज उपमहानगरपालिको बारुणयन्त्रबाट नियन्त्रण हुन नसकेपछि बाराको सिमरा, कलैया, चन्द्रनिगाहपुर, मकवानपुर समेतबाट बारुणयन्त्र वीरगन्ज बोलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिनुभयो ।

आगलागीमा परी भएको क्षतिको यकीन विवरण आउन नसके पनि करोडौँको नोक्सान भएको प्रहरीले अनुमान गरेको छ । आगलागीमा परी कम्तीमा सात÷आठ करोडको नोक्सान भएको उद्योगका सञ्चालक राजकुमार गुप्ताले दाबी गर्नुभयो । उहाँले एक÷दुई दिन अगाडि भारतबाट उद्योगका लागि रु चार करोडको कच्चापदार्थ र तयारी भाडा आयात गरिएको जानकारी दिनुभयो ।

उद्योगमा लागेको आगोलाई नियन्त्रणमा लिन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दा लागेको प्रहरीले जनाएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।