0 COMMENTS

काठमाडौं३०चैत०७३/ व्यवस्थापिका-संसदको विधायन समितिले मुलुकी ऐन २०२० लाई समयसापेक्ष ढंगले परिमार्जन गर्ने गरी विधेयक तयार पारिएको जनाएको छ ।देवानी र देवानी कार्यविधि संहितामा रहेका प्रावधानबारे जानकारी गराउन मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा समितिले विवाह गर्ने उमेर केटा र केटी दुबैका लागि २० वर्ष तोकिएको जानकारी दिइयो ।

यस्तै, १२ वर्षदेखि बेपत्ता भएका वा सो अवधिमा कुनै जानकारी नरहेका व्यक्ति जीवित रहेको प्रमाण प्राप्त भएकोमा बाहेक स्वतः मृत्यु भएको मानिने व्यवस्था पनि गरिएको छ ।

यस्तै, फौजदारी र फौजदारी कार्यविधि संहितामा कसैको अनुमतिबिना तस्वीर खिच्ने वा निजको तस्वीरसँग अर्को व्यक्तिको तस्वीर जोडी अर्को तस्वीर बनाउने कार्य गम्भीर आपराधिक कसुर हुनेछ ।

फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयन गर्ने सम्बन्धमा पनि नयाँ व्यवस्था गरिएको समितिले जनाएको छ ।

१६३ वर्ष पुरानो मुलुकी ऐनलाई बद्लिँदो राजनीतिक तथा सामाजिक परिवेशअनुसार परिमार्जन गरिएको दाबी पनि गरिएको छ । मुलुकी ऐन परिमार्जनसम्बन्धी यो विधेयक संसदबाट पारित भएपछि २०७५ भदौ १ गतेदेखि लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।