0 COMMENTS

चैत्र २९, २०७३- नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि अध्यक्षमा भवानी राणा र वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छा चयन भएका छन् ।

वरिष्ठ उपाध्यक्ष नै स्वत: अध्यक्ष हुने व्यवस्थापछि राणा अध्यक्ष र निर्वाचनबाट वरिष्ठ उपाध्यक्षमा गोल्छ विजयी भएका हुन् । वरिष्ठ उपाध्यक्ष पदलाई मुख्य मानी मंगलबार महासंघको निर्वाचन भएको थियो ।यस्तै मंगलबार भएको महासंघको चुनावमा प्रतिद्वन्द्वी किशोकुमार प्रधानलाई हराउँदै शेखर गोल्छा महासंघको वरिष्ठ उपाध्यक्षमा विजयी भएका छन्।
यस्तै जिल्ला नगर उपाध्यक्षमा प्रमोद श्रेष्ठ विजय भएका छन्। वस्तुगत उपाध्यक्षतर्फ उमेशलाल श्रेष्ठ विजयी भएका छन् भने एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।नयाँ व्यवस्था अनुसार राणा र गोल्छा नेतृत्वको कार्यसमितिले बुधबारबाट जिम्मेवारि सम्हाल्दै छ । महासंघमा राणा पहिलो महिला अध्यक्ष हुन् ।

राणाले सबैलाई मिलाएर लैजाने प्रतिक्रिया दिइन् । ‘अब चुनाव सकियो । निजी क्षेत्रको विकासको लागि एक ढिक्का भएर अगाडी बढ्नुपर्छ,’ उनले भनिन्, ‘सबैलाई मिलाएर अघि बढ्छु ।’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।