0 COMMENTS

काठमाडौँ,२९ चैत०७३/सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड छुट्याएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला रोगीलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गरेको थियो ।

मन्त्री थापाले भने, –‘चालु आर्थिक वर्षका लागि मात्र उक्त रकम छुट्याइएको हो । आवको अन्त्यसम्म हुने मिर्गौला प्रत्यारोपणमा अपुग भएको रकम पुनः छुट्याइने छ ।’

सरकारले यसअघि नै मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा पनि निःशुल्क गरिसकेको छ ।

निःशुल्क उपचार गर्दा सरकारले आर्थिक भार थेग्न सक्दैन भन्ने आएका टिप्पणीबारे मन्त्री थापाले सरकारले स्वास्थ्यमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसार नै बजेट छुट्याउने र स्वास्थ्यकर कोषको रकम पनि स्वास्थ्यमा खर्च गरे समस्या नआउने बताए।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।