0 COMMENTS

काठमाडाैं २९ चैत्र०७३/ नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले आफ्नो उपभोक्तालाई बोनस दिने घोषणा सार्वजनिक गरेको छ । टेलिकमले जारी गरेको विज्ञप्तीअनुसार एकसय वा दुईसयको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने र ५ सय र एकहजारको रिचार्ज गर्दा १५ प्रतिशत व्यालेन्स बोनस दिने उल्लेख छ ।यो सुविधा रिचार्ज कार्डबाहेक अन्य तरिकाबाट रिचार्ज गर्दासमेत पाइनेछ । बोनस व्यालेन्सको भ्यालिडिटी ३ दिनको मात्रै हुनेछ । अर्थात, उपभोक्ताले बोनस पाएको व्यालेन्स तीन दिनमा सक्नुपर्ने हुन्छ । यो सुविधा चैत ३० देखि नयाँ वर्षको बैशाख १३ गतेसम्म लागू हुनेछ ।

यसैगरी, डाटा प्याकेजमा समेत बोनस दिइने टेलिकमले जनाएको छ । डाटा प्याकेजमा सुविधा चैत ३० देखि बैशाख २८ गतेसम्म लागू हुनेछ ।अल टाइम डाटा प्याकेजमा एकसयको प्याकेजमा ४ सय एमबी, २ सयको प्याकेजमा ८ सय ५० एमबी र तीनसयको प्याकेजमा १५ सय एमबी डाटा उपलब्ध गराइने टेलिकमले जनाएको छ ।

नाइट प्याकेजमा २ सय र ३ सयमा ३० दिनको भ्यालिडिटीसहित क्रमश: ३ जिबी र साढे ६ जिबी उपलब्ध गराइने टेलिकमले जनाएको छ । यो सुविधा राति १० बजेदेखि बिहान ६ बजेसम्म लागू हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।