0 COMMENTS

काठमाडौं,२९ चैत /सामान्यतया नौ महिनामा बच्चा जन्मने चक्र हुन्छ । नौ महिनापछि जन्मेको शिशु विवाह गरेको पुरुष र उसको परिवारले स्वीकार गर्ने नेपाली परम्परा छ ।

तर मुलुकी ऐन कार्यान्वयन गर्न निर्माण भएको कानुनमा विवाह भएको मितिले एक सय ८० दिनपछि जन्मेको शिशु विवाहित पतिबाटै जन्मेको मानिने प्रस्ताव गरिएको छ ।

पतिको मृत्यु भएमा वा वैवाहिक सम्बन्ध अन्त्य भएमा उक्त मितिबाट दुई सय ७५ दिनभित्र अर्थात् नौ महिनासम्म पनि पति कै हुने व्यवस्था प्रस्ताव गरिएको छ ।‘विवाह गर्ने तथा कुनै प्राकृतिक वा अन्य प्राविधिक कारणले छिटो बच्च जन्मेमा स्वीकार नगर्ने चलन अन्त्य गर्न यस्तो व्यवस्था गरिएको हो,’ विधायन समितिका सदस्य रेवतीरमण भण्डारीले भने, ‘सम्बन्ध विच्छेद भएपछि उसको गर्भबाट नौ महिनासम्म बच्चा जन्मने सम्भावना हुने तर पतिले स्वीकार नगरेको देखिएकाले यस्तो व्यवस्था गरिएको हो ।’ –नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।