0 COMMENTS

काठमाडौं, २०७३ चैत २८/ नेकपा एमालेका सचिव योेगेश भट्टराईले आफू काठमाडौं महानगरपालिकाको मेयरमा नउठ्ने बताउनुभएको छ ।

काठमाडौँमा सोमबार प्रेस चौतारी नेपालले गरेको कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले काठमाडौंको मेयरमा आफू उम्मेदवार नहुने स्पष्ट पार्नुभएको हो ।

उहाँले अबका सबै निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने घोषणा समेत गर्नुभयो । अब हुने तीन तहकै चुनावमा एमालेले हाम्रा अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीकै कप्तानीमा जित्छ । पहिलो पार्टी बन्नेमा कुनै शंका नगर्नुस् । काठमाडौं महानगरपालिकासहित राजधानीका अधिकांश नगरपालिका जित्छौं।’काठमाडौँ कमिटीको समानान्तर भेलाको सन्दर्भलाई उठाउँदै उहाँले एमालेमा कुनै विवाद नरहेको बताउनुभयो । अलिअलि छचल्किएको मात्रै हो । यसले पार्टीलाई कुनै घाटा हुँदैन, आत्तिन जरुरी छैन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।