रामेछाप२८ चैत्र २०७३ / डेढ महिनाअघि सडक धस्सिएर अवरुद्ध बीपी राजमार्गको अझै मर्मत हुन सकेको छैन । मर्मत नहुँदा दैनिक सयौं यात्रु सास्ती खेप्न बाध्य छन् । फागुन पहिलो साता सुनकोसी र तामाकोसीको संगम त्रिवेणी नजिकै झन्डै ३७ मिटर सडक भास्सिएको थियो।
साबिकको अस्थायी सडक मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । तर त्यो साँघुरो र कच्ची भएकाले घण्टौंसम्म सवारी जाम हुने गरेको छ । सडक अवरुद्ध भएको स्थानमा खाना र पानी खाने व्यवस्था पनि छैन । आजको कान्तिपुर दैनिकले खबर छापेको छ।
प्रतिक्रिया दिनुहोस्