0 COMMENTS

काठमाडौँ  २७ चैत्र २०७३/ वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा आज सम्पन्न गरिएको छ ।

गत मङ्गलबारदेखि तीनधारा पाठशालाबाट सुरु भएको जात्राका क्रममा आज लगनमा रहेको रथबाट देवताको मूर्ति झिकेर खटयात्रा गर्दै जनवहालमा लगिएसँगै रथायात्रा समापन भएको हो।

नगरका विभिन्न स्थानमा हुँदै बिहीबार लगनमा पुर्‍याइएको रथलाई उनकी मातासँग शुक्रबार भेट गराइएको थियो। प्रत्येक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु गरिने सो जात्रामा विभिन्न स्थानमा रथलाई बास बसाएर धार्मिक गतिविधि गरिएका थिए।

उक्त अवसरमा जात्रा भर्न सर्वसाधारणको भिड लागेको थियो । मच्छिन्द्रनाथलाई हिन्दू धर्मावलम्बीले ‘शिव शक्ति’ र बौद्ध धर्मावलम्बीले ‘लोकेश्वर’ का रुपमा मान्छन् । मच्छिन्द्रनाथलाई सद्भाव र करुणाका देवतासमेत मानिएको छ। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।