0 COMMENTS

काठमाडौं२०७३ चैत २७ / काठमाडौं महानगरपालिका–६ बौद्ध रामहिटीस्थित क्याफे निरभानामा एक व्यक्तिको हत्या भएको छ ।

३५ वर्षीय तेन्जिङ ग्याल्छो लामाले सञ्चालन गरेको क्याफे निरभानामा खानपिनको क्रममा झगडा भई कुटपिट हुँदा सोही ठाउँ बस्ने ४६ वर्षीय पेम्वा शेर्पाको मृत्यु भएको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

कुटपिटबाट सख्त घाइते भएका उनकने नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको हो ।घटनामा संलग्न भएको अभियोगमा प्रहरीले बा३७प ७९२६ नम्बरको मोटरसाइकलसहित क्याफे सञ्चालक तेन्जिङ ग्याल्छो लामा, गोकर्णेश्वर नगरपालिका–१२ नयाँबस्ती बस्ने २१ वर्षीय नुर्बु शेर्पा लगायत ६ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।