0 COMMENTS

काठमाण्डाै, २७ चैत, २०७३ / परिवर्तनीय(संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ २० महिना यताकै कमजोर बनेको छ ।निरन्तर रुपमै कमजोर बन्दै गएको नेपाली रुपैंयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ । अमेरिकी डलर कमजोर बन्दै जाँदा नेपाली रुपैंयाँ बलियो बन्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकले शनिबारका लागि एक अमेरिकी डलर बराबर १०२.४० पैसा खरिद मुल्य र विक्री मुल्य १०३.०३ तोकेको छ । यो २० महिना यताकै नेपाली रुपैंयाँका तुलनामा कमजोर हो ।

अमेरिकाले पछिल्लो समय सिरियामा श्रृखंलाबद्ध आक्रमण बढाउँदैं गएपछि विश्व बजारमै डलर कमजोर बनेको छ । अमेरिकी डलर कमजोर बन्दै जाँदा डलरको तुलनामा नेपाली रुपैंयाँ बलियो बनेको हो ।

गत बर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च र १ सय ९ रुपैंयाँ ७७ पैसा पुगेको थियो । -नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।