0 COMMENTS

काठमाण्डाै २६,चैत०७३/ खप्तडी बस्नेतहरूकाे प्रथम राष्ट्रिय सम्मेलन  अाज  डिल्लीबजारकाे  भाेजन गृहमा संन्चालन भएकाे छ ।नेपालमा र प्रवासमा बसोबास गरि  बिभीन्न नाममा संगठीत भर्इरहेका सम्पूर्ण खप्तडी बस्नेतहरुलाई समेट्ने गरी वंशावलीको दोस्रो संस्करण प्रकाशनको विद्युतीय प्रणलीसम्बन्धीमा छलफल गर्ने, खप्तडी बस्नेतहरुको उत्थानका लागि कल्याणकारी कोष स्थापना गरी कोषको नियमानुसार जिल्ला र गाउँ तथा विदेशमा समेत विस्तार गर्ने खप्तडी बस्नेतहरुको परम्परागत कुलपुजा विधि तथा गोठधुपको पूजा विधिमा छलफलगरी  एकरुपता ल्याउने  खप्तडी बस्नेतहरुले राष्ट्रलाई पुराएको योगदानहरुलाई अभिलेखीकरण गर्नेलगायतका उद्देश्यसहित अाज  चैतद २६ र २७ गते सम्म  खप्तडी बस्नेतहरूकाे प्रथम राष्ट्रिय सम्मेलन संञ्चालन भर्इरहेकाे  कुरा अायाेजले जानकारी गराउनु भयाे  ।  
सम्मेलनमा  खप्तडी बस्नेत बन्धु उत्थान तथा वंशावली समिति, खप्तडी बस्नेत एकीकृत समिति काठमाडौ, खप्तडी बस्नेत वंशावली अनुसन्धान तथा उत्थान समिति दाङ, खप्तडी बस्नेत सेवा समिति कास्की, खप्तडी बस्नेत कुल सुधार समिति उदयपुर, खप्तडी बस्नेत सेवा समाज सोलुखुम्बू, खप्तडी बस्नेत संघ गुल्मीसहितका संघसंस्थाले आयोजना गरेका  हुन् ।

बंशलता रामबहादुर बस्नेतकाे प्रमुख अातीथ्यतामा संन्चलन भएकाे उक्त कार्यक्रममा बंशलता रामबहादुर बस्नेतले कुलकाे सम्झनामा  पानसमा दिप प्रज्ज्वलन गर्दै खप्तडी बस्नेतहरूकाे प्रथम राष्ट्रिय सम्मेलनकाे  उदघाटन  गर्नु भयाे र साथमा बिभीन्न स्थानबाट सहभागीता जनाउनु भएका देवालीका मुल धामी हरूले पनी कलश र कुलकाे प्रतीकमा पुजा अारधना गरी कार्यक्रमकाे उदघटन  गर्नु भएकाे  थीयाे ।

 सम्मेलनमा सहभागीहुनु भएका खप्तडी बस्नेत अगुवाहरुले बृहत नेपाल नीर्माणकालागी  पुर्खाले देखाएकाे बीरता, योगदान, पहिचानकाे रक्षाका   लागि सबै भर्इ बन्धुहरू एक भएर अघि बढ्नुपर्ने बताएका थीए ।  नेपाल एकीकरणदेखि विभिन्न कालखण्ड हरूमा  खप्तडी बस्नेतहरुले देशका लागी बगाएको रगत र पसिनाले अहिले सिंगो नेपाल बनेको कुरामा इतीहास साछि रहेकाे बताउनु भएकाे छ  ।वक्ताहरुले विगतमा पुर्खाहरुले बगाएको रगत र पसिनाको जगमा वर्तमान र भावी पुस्ताले गर्वका साथ आफ्नो पहिचानको रक्षा र विस्तार गर्न लागीपर्नु  पर्ने हुदा त्यसकालागी सबै  खप्तडी बस्नेत हरूलाइ  संगठित हुन अाह्वान गरेकाछन ।कार्यक्रममा नबराज बस्नेतले गाउनु भएकाे गीती एल्बमकाे बीमाेचन तथा खप्तडी बस्नेत स्मारीका २०७३काे लाेकार्पण गरीएकाे थीयाे ।

अाज उद्घाटन गरीएकाे खप्तडी बस्नेतहरूकाे प्रथम राष्ट्रिय सम्मेलनमा फर्पीङबाट  सहभागीता जनाउनु भएका सानु बाबु बस्नेतकाे स्वास्थमा अकस्माथ अस्वस्थभइ बिरअस्पताल लगीएकाे र अस्पतालमानै स्वर्गाराेहण भएकाे हुदा मृतक सानु बाबु बस्नेतकाे नाममा एक मनेट माैनधारण गरी कार्यक्रमलाइ स्थगीत गरीएकाे थीयाे ।कार्यक्रम भाेली बिहान ८ बजे पुन संन्चालन गरीने कुराकाे जानकारी  सम्मेलन सचीवालयले बताएकाे छ ।  शिव बाहादुर बस्नेतकाे सभाअध्यक्षता मा सम्पन्न उक्त कार्यक्रमकाे संन्चालक दिपा बस्नेत र राेकट बस्नेतले संन्चालन गर्नुभएकाे थीयाे ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।