0 COMMENTS

काठमाडौँ,२६ चैत०७३ । २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचनका लागि तयारी गरिएको मतदाताको परिचयपत्र वैशाख २८ देखि ३० गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट वितरण हुने भएको छ । आयोगका प्रमुख आयुक्त डा। अयोधीप्रसाद यादवको अध्यक्षतामा शुक्रबार साँझ बसेको बैठकले सो निर्णय गरेको जानकारी आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले दिनुभयो ।

हरेक मतदान केन्द्रबाट मतदातालाई सहज र सरल ढङ्गले मतदाता परिचयपत्र वितरण गर्न वैशाख २७ गते नै मतदान अधिकृतको टोली मतदान केन्द्रमा पुगिसक्नुपर्ने निर्णय आयोग बैठकले गरेको छ ।परिचयपत्र प्राप्त गर्नका लागि सम्बन्धित मतदाता आफैँ उपस्थित हुनुपर्नेछ भने त्यहाँ उपस्थित हुन नसक्ने ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएका मतदाताको परिचयपत्र उहाँहरूको परिवारको सदस्य भएको यकिन गरी भर्पाई गरिदिने व्यवस्था गर्ने निर्णय पनि आयोगले गरेको छ ।
मतदाता परिचयपत्र वितरण गर्नका लागि स्थानीय राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजको परामर्शमा वितरणको व्यवस्था मिलाउन पनि आयोगले मतदान अधिृकतहरूलाई निर्देशित गरेको छ ।
हस्ताक्षर बुझाउने अवधि थपनिर्वाचन आयोगको शुक्रबार साँझ बसेको बैठकले राजनीतिक दलको आधिकारिक हस्ताक्षर बुझाउने अवधि यही चैत ३० गतेसम्म थप गर्ने निर्णय गरेको छ । वैशाख १६ गते उम्मेदवारको मनोनयन गर्दा कुन दलको कुन उम्मेदवार हुन् भनेर छुट्याउन र दलको आधिकारिक उम्मेदवारको पहिचान गर्न सजिलो होस् भनेर आयोगले यस्तो निर्णय गरेको जनाएको छ । शुक्रबारसम्म आयोगका करिब दुई दर्जन दलले हस्ताक्षर बुझाएका छन् ।
यसैबीच राससका अनुसार, नेपाली काँग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको तयारीबारे निर्वाचन आयोगसँग जानकारी लिएको छ ।
सो पार्टीका केन्द्रीय सदस्य एवम् रक्षामन्त्री बालकृष्ण खाँण र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकसहितको टोलीले शुक्रबार आयोगमा पुगेर प्रमख आयुक्त डा अयोधिप्रसाद यादव र अरु आयुक्तसँग निर्वाचनको तयारीबारे जानकारी लिएको हो ।
काँग्रेसले स्थानीय तहको निर्वाचन परिचालन र समन्वयका सन्दर्भमा केन्द्रीय सदस्य बालकृष्ण खाँण र दीपक गिरी तोकेको थियो । आयोगले निर्वाचन तयारी राम्रो गरेको महसुस भएको बताउँदै रक्षामन्त्री खाँणले केहीबाहेक अधिकांश जिल्लामा निर्वाचन कार्यालयले बोलाएको बैठकमा सबै राजनीतिक दलका प्रतिनिधि सहभागिताले पनि निर्वाचनको सुनिश्चिता प्रदान गरेको छ भन्नुभयो ।
केही जिल्लामा बोलाएको समयमा राजनीतिक दलका प्रतिनिधि उपस्थित नभएका कारण जटिलता र समस्या आएको कुरा सो अवसरमा आयोगका तर्फबाट उहाँहरुलाई जानकारी गराइएको थियो ।
निर्वाचनका लागि सरकारले आयोगलाई सबैखाले सहयोग उपलब्ध गराउँदै आएको बताउँदै रक्षामन्त्री खाँणले अहिले उठिरहेका कतिपय विषयवस्तु संविधान संशोधनमार्फत सम्बोधन गर्नुपर्छ भन्ने सरकारको धारणा रहेको
उल्लेख गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।