0 COMMENTS

काठमाडौं, २६ चैत, २०७३ / डिआइजी प्रकाशचन्द्र अर्याललाई नेपाल प्रहरीको मानिरीक्षक (आइजिपी) बनाउन सत्तासिन घटकबीच सहमति भएको छ ।

सत्तारुढ माओवादी केन्द्र नेपाली कांग्रेस र राप्रपाका प्रमुख नेताबीच अर्याललाई आइजिपी बनाउने सहमति भएको हो ।स्रोतका अनुसार आइजिपी चयनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल, शेरबहादुर देउवा र कमल थापाबीच तीन दिनअघि भएको छलफलमा अर्यालको नाममा सहमति बनेको हो ।

वरियातामा हिलो नम्बरमा रहेका नवराज सिलवालको पक्षमा सबै सकारात्मक भए पनि कार्यसम्पादन मूल्याङकनमा अर्याल अघि रहेकाले उनको नाममा सहमति भएको छलफलबारे जानकार स्रोतले बताएको छ । -नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।