0 COMMENTS

काठमाडौं, २६ चैत०७३/ नेपाल टेलिकमले आफ्नो नेटवर्कमा आउने शंकास्पद नम्बरहरुको कल नउठाउन ग्राहकलाई आग्रह गरेको छ ।

टेलिकम नेटवर्कको जीएसएम मोबाइलमा विभिन्न मुलुकको कोड नम्बरबाट शंकास्पद कल आएर ग्राहक सशंकित भइरहेका बेला टेलिकमले यस्तो आग्रह गरेको हो । राजधानी दैनिकले समाचार छापेको छ ।

बुधबार रातिदेखि टेलिकमको जीएसएम नेटवर्कको प्रिपेड तथा पोष्टपेड मोबाइलमा शंकास्पद कलहरु आइरहेका छन् । कलब्याक गर्दा आफ्नो मोबाइलको ब्यालेन्स गुमेको गुनासो ग्राहकले गरिरहेका छन् ।

२१६९८…, ६७४५…, २१२… लगायतका विभिन्न अन्तर्राष्ट्रिय नम्बरबाट फोन आइरहेका छन् । गलत नियतले मिस्ड कल गर्नेहरुलाई सम्बन्धित क्यारियरमार्फत त्यस्ता कलहरु ब्लक गर्न लगाएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।