0 COMMENTS

काठमाडौं२५ चैत०७३ / मेलम्ची खानेपानी आयोजनाले पाइप बिछ्याउन सडक खन्दा निस्किएको माटोले अहिले काठमाडौं उपत्यका धुलाम्मे छ । उपत्यकाबासीले धुलोबाट मुक्ति पाउन अझै एक वर्ष कुर्नुपर्ने भएको छ ।
आयोजना आफैंले कालोपत्रे गरिदिने सम्झौता सरकारसँग गरे पनि पाइप बिछ्याउने कामले पूर्णता नपाएपछि अहिले कालोपत्रे गर्ने काम सुस्त गतिमा अगाडि बढेको छ ।

आयोजनाले पानीको पाइप गाड्न उपत्यकामा अहिले पाँच सय किलोमिटरभन्दा बढी सडक खनेको छ । त्यसमध्ये ५० किलोमिटर सडकमात्रै कालोपत्रे गर्ने भाग सडक विभागकोमा परेको आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर लेखेको छ ।

सडक विभाग कार्यालय काठमाडौं १ का प्रमुख मुकुन्द अधिकारीले मेलम्ची खानेपानी आयोजनाको काम नसकी सडक कालोपत्रे नहुने बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।