0 COMMENTS
रंन्जीता थापा, नेपालगन्ज,२४चैत०७३/ बिध्यालयमा शिक्षणकाे माध्यम र शिक्षाका भाषाहरू बिषयमा संञ्चालीत २ दिने सराेकारवाला हरू संलग्न भएकाे गाेष्ठि अाज  समापन भएकाे छ । उक्तकार्यक्रममा बहुभाषिक शिक्षा निर्देशिका २०६६ का बारेमा छलफल,शिक्षाका भाषा हरूमा गरिएकाे अध्यन २०१५ प्रबीधीकरण र प्रक्रीया संकलन गर्दै बदलीदाे षरिवेषमा कसरी शिक्षाकाे गुणस्थर बढाउदै अगाडी बढन सकिन्छ भन्ने बिषयमा छलफल गरियकाे थियाे ।कार्यक्रममा मध्यपश्चिमका विभिन्न जिल्लामा कार्यरत जिल्ला शिक्षा अधिकारी,त्रि.वि का प्रा.डा. याेगेन्द्र प्रसाद यादब क्षेत्रिय शिक्षा निर्देशक -हरि प्रसाद गाैतम लगायतले अाफ्नाे भनार्इ राख्नुभएकाे थीयाे भने शिक्षा विभागका बहुभाषिक विभागका उपनिर्देशक नारायण प्रसाद सुवेदले मातृ भाषाकाे पठनपाठनले सिकाइमा प्रभावकारिता बढ्ने बताउनु भयाे ।
कार्यक्रम यु.एस.ए.अाडी र ट्रैन्सेंड भिजन नेपालले संयाेजन गरेकाे थीयाे भने कार्यक्रमकाे  समापन कुमार अधिकारीले गर्नु भयकाे थियाे ।
 
प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।