0 COMMENTS

काठमाडौं,२४ चैत ०७३/ सेतो मच्छिन्द्रनाथको रथयात्राको दोस्रो दिन बुधबार रथलाई तानेर हनुमानढोका पुर्‍याइएको छ ।

हरेक वर्ष चैत शुक्ल अष्टमीका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा मंगलबार काठमाडौंको जमलबाट सुरु भएको थियो ।बाजागाजासहित रथलाई सर्वसाधारणले तानेर असनबाट जनबहाल, इन्द्रचोक, मखनटोल हुँदै बुधबार हनुमानढोका दरबार परिसर पुर्‍याएका हुन् ।सेतो मच्छिन्द्रनाथलाई बज्रयानी तथा महायानी बौद्ध धर्मावलम्बीहरुले जनबहाद्यो, आर्यावलोकितेश्वर तथा करुणामय, शैव तथा नाथ सम्प्रदायले भगवान शिव र शाक्त सम्प्रदायले शक्ति स्वरुपकोरुपमा पुज्ने गर्दछन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।