0 COMMENTS

काठमाडौं२४ चैत०७३/ राष्ट्रपति विद्यादेवी भण्डारीले सुनसरीको बराहक्षेत्रस्थित आश्रममा बस्दै आएकी आफ्नी आमा मिथिला पाण्डेसँग भेट गरेकी छन् । त्यस क्षेत्रको भ्रमणमा बुधबार गएकी भण्डारीले बराहक्षेत्रस्थित श्रीराम शान्ति कुञ्ज अनाथ महिला सेवा आश्रममा बस्दै आएकी आमासित भेट गरेकी हुन् ।
आजको कान्तिपुर दैनिकमा खबर छ– भेटमा अंकमाल गर्दै राष्ट्रपति भण्डारीले आमाको सन्चो, बिसन्चो सोधेकी थिइन । आमाछोरीबीच दुई महिनापछि भेट भएको हो । गत माघमा नातिनी निशाकुशुमको बिहेमा सहभागी हुन मिथिला राजधानी आएकी थिइन् । निशाकुशुमको बिबाह पूर्वराष्ट्रपति रामवरण यादवका नाति अभिशेषसँग बिहे भएको थियो ।

उनकी आमा दशकभन्दा बढी समयदेखि उक्त आश्रममा बस्दै आएकी छन् । उनी आश्रमकी संस्थापक अध्यक्ष समेत हुन् । आश्रममा बसेर अरु वृद्धाहरुको सेवामा समेत सक्रिय उनी चतराधाम क्षेत्रमा हुने धार्मिक–आध्यात्मिक कार्यक्रमहरुमा सहभागी हुने गरेकी छन् ।

७६ वर्षीया पाण्डेका पति रामबहादुरको ३२ वर्षको उमेरमा मृत्यु भएको थियो । त्यसपछि जेठी छोरी विद्यादेवीसहित परिवारको जिम्मेवारी सम्हालेकी थिइन् । छोरी राष्ट्रपति भएको बेला उनले प्रतिक्रिया दिंदै भनेकी थिइन् ‘छोरी राष्ट्रपति हुँदा संसारै खुसी भयो, म खुसी नहुने कुरै भएन ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।