0 COMMENTS

काठमाडौं२४ चैत०७३/ प्रमुख सत्ता साझेदार कांग्रेसले मधेसी मोर्चा चुनावमा आउने सुनिश्चित भए एकै चरणमा चुनाव हुनुपर्ने आफ्नो पूर्ववत अडानमा केही लचिलो हुने भएको छ।

आजको कान्तिपुरमा खबर छ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलभित्रै मोर्चाको मागबारे साझा धारणा बनाउन बुधबार बालुवाटारमा कांग्रेसका दोस्रो तहका नेताहरूसँग छलफल गरेका थिए।
छलफलमा सहभागी कांग्रेस नेताद्वय कृष्णप्रसाद सिटौला र रमेश लेखकले मोर्चालाई निर्वाचनमा सहभागी गराउनका लागि दुई चरणको विकल्पमा केन्द्रीत रहेर विकल्प खोज्न जोड दिए।पहिलो सरकारले अहिले प्रस्तुत गरेकै विधेयकलाई मतदानमा लैजाने। दोस्रो सरकार र मोर्चाबीच गठित अनौपचारिक कार्यदलले तयार पारेको संविधान संशोधनको ५ विषयलाई अघि बढाउने।

तर, प्रधानमन्त्रीले जनघनत्वका आधारमा मधेसमा केही भागमा स्थानीय तहको संख्या र छुट मतदाता नामावली नथपेसम्म मोर्चा नमाने के गर्ने भन्नेबारे जिज्ञासा राखेका थिए । मोर्चाका पछिल्ला माग सम्बोधन गर्नुपर्ने अवस्था भएमा समय लाग्ने भएकाले मधेसका करिब ११ जिल्लामा दोस्रो चरणमा चुनाव गर्ने गरी समझदारी बनाउन कांग्रेसलाई लचिलो भइदिन पनि उनले आग्रह गरेको स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।