0 COMMENTS

काठमाडौं २४,चैत०७३/ गृहमन्त्रालयले स्थानीय तह निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई विशेष भत्ता र खाजा खर्चबापत दैनिक ३ सय रुपैयाँ उपलब्ध गराउन प्रस्ताव गरेको छ ।

बैशाख ३१ गतेका लागि तय भएको निर्वाचनमा एक सातासम्म सुरक्षाकर्मी दैनिक २ सय ५० रुपैयाँ भत्ता र ५० रुपैयाँ खाजा खर्च उपलब्ध गराउन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव गरिएको हो ।

अर्थले यो प्रस्ताव स्वीकृत गरे दैनिक भत्ता र खाजा खर्चबापत सुरक्षाकर्मीका लागि दैनिक करिब ७ करोड रुपैयाँ खर्च हुनेछ । यससँगै एक साताको भत्ता र खाजा खचृमा करिब ४९ करोड रुपैयाँ विनियोजन गर्नुपर्ने छ ।
कारोबार दैनिक

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।