0 COMMENTS

काठमाडौं २३ चैत०७३/ दुग्ध बजारमा लिन सिजन (उत्पादन कम हुने समय) चलिरहेको छ । यो किसानका लागि मूल्यवृद्धिको दबाब दिने सिजन पनि हो । दबाब दिइएको पनि छ । किसानको दबाब सहन नसकेर मूल्यवृद्धि गर्न सरकारले पहल पनि थालेको छ । तर तत्कालै मूल्यवृद्धि भने नहुने भएको छ ।
आसन्न स्थानीय तह निर्वाचनका लागि जारी भएको आचारसंहिताको कारण तत्काल दूधको मूल्य बृद्धि नहुने पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता श्यामप्रसाद पौडेलले भने, ‘मूल्यवृद्धिका लागि उत्पादन लागत मूल्य अध्ययन गरिरहेका छौं । तर निर्वाचन आचारसंहिता लागू भएकाले तत्काल नयाँ निर्णय भने गर्न मिल्दैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।