0 COMMENTS

लमजुङ२३ चैत०७३/सुरक्षा समितिको आग्रहपछि लमजुङमा २१ जनाले इजाजत प्राप्त हतियार प्रहरीलाई बुझाएका छन् ।
स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखेर जिल्ला सुरक्षा समितिले सम्बन्धित सबैलाई हतियार बुझाउन गरेको आग्रह बमोजिम सम्बन्धित व्यक्तिले आफूलाई पायक पर्ने जिल्लाका विभिन्न प्रहरी चौकीमा उक्त हतियार बुझाएका हुन् । प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलकाअनुसार प्रहरी चौकी कुन्छामा १८, धमिलीकुवामा एक, गिलुङमा एक र जिल्ला प्रहरी कार्यालयमा एकजनाले हतियार बुझाएका छन् । प्रहरीलाई बुझाइएका हतियारमध्ये सबै भरुवा बन्दुक रहेको प्रहरी नायब उपरीक्षक खरेलले बताए । उनले निर्वाचन सकिएपछि इजाजत प्राप्त ती हतियार सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरिने बताए ।
हातहतियार बुझाउन अटेर गरेमा वा नबुझाएमा सुरक्षाकर्मीले जुनसुकै समयमा पनि हातहतियार खरखजनाअन्तर्गत कारबाही गर्ने सुरक्षा समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।